अग्ला व्यक्तिहरूमा यौन आकर्षण बढी हुन्छ

एउटा अध्ययन अनुसार अग्ला कदका व्यक्तिहरूमा यौन आकर्षण बढी हुन्छ । त्यसैले पनि प्रायः महिलाको पहिलो रोजाइमा अग्लो कदकै पुरुष पर्ने गरेको उक्त अध्ययनको दाबी छ ।



अध्ययनले जोडी मिलाउनुअघि पहिले उचाइकै अन्तरका बारेमा निर्णय गरेर मात्रै अनुहार, व्यक्ति र शरीरको आकारका बारेमा सोच्ने उल्लेख गरेको छ । अध्ययनअनुसार पाँच फुट आठ इन्च अग्ला महिलाका लागि आदर्श साथीको उचाइ ६ फिट दुइ इन्च हुनुपर्छ । अनुसन्धान अनुसार पुरुष महिलालाई आँखा झुकाएर हेर्ने खालको चाहन्छन् भने महिलालाई पनि अग्लो कदका पुरुषले आकषिर्त गर्छ ।

वैज्ञानिकले यसका लागि एउटा आदर्श अनुपात समेत तयार गरेको बताएका छन् । जसमा एक पुरुषलाई महिला साथीको तुलनामा १.०९ गुणा अग्लो हुनुपर्छ । पोल्यान्डका डा. बी पवलोवस्कीद्वारा गरिएको यस अध्ययनलाई रोयल सोसाइटीमा प्रकाशित गरिएको छ ।

0 comments

Write Down Your Responses